सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

असोज २४, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बालुवाटार, काठमाडौ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र नक्साल र टुँडालदेवीलाई जनचेतनामूलक स्टिकर तथा पम्प्लेटहरु छपाई गरी सहयोग प्रदान गरेको छ ।   

टुँडालदेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा बैंकको तर्फबाट कर्पोरेट कम्युनिकेशन प्रमुख रवि के.सी.द्वारा महानगरिय प्रहरी परिसरका वरिष्ठ प्रहरी अधिकृत उत्तम राज सुवेदीलाई हस्तान्तरण गरे ।   

उक्त सहयोगले ‘र प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने नारा र शान्तिपूर्ण सुरक्षित समाजको लागि समुदाय–प्रहरी साझेदारीको सबै नागरिक वर्गमा सूचना पुग्ने विश्वास बैंकले लिएको छ ।   

यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८७ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *