राष्ट्रपति विद्यादेवी भण्डारी चाइना एयर विमान तर्फ प्रस्थान

असोज २५, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी चाइना एयरको विमान तर्फ प्रस्थान गरेकी छिन् । सी जिन पिङ चाइना एयरको विशेष विमानमा आएका हुन् । 

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलको अति विशिष्ठ कक्षमा स्वागत सम्मान गर्नेछिन् । राष्ट्रपतिसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका मन्त्रीमण्डल र विशिष्ठ ब्यक्तित्वले स्वागत सम्मान गर्ने कार्यक्रम छ । सीलाई सम्मान गर्न पञ्चकन्या समेत विमानस्थलको अति विशिष्ठ कक्षमा छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *