अण्डा दिवसमा अण्डाको १५ परिकार निशुल्क खान पाइने

चितवन, २३ असोज । पोल्ट्रीको राजधानीको रुपमा रहेको चितवनमा विश्व अण्डा दिवसमा सर्वसाधारणले अण्डाको विभिन्न परिकार खान पाउने भएका छन् । २४ औँ विश्व अण्डा दिवसको अवसरमा शुक्रबार पूर्वीचितवनको रत्ननगरमा अण्डाको विभिन्न १५ परिकार निशुल्क रुपमा खान पाउने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

कुखुरा व्यवसायी संघ पूर्वीचितवनले शुक्रबार बकुलहर रत्ननगर अस्पतालमा विरामीहरुलाई निशुल्क रुपमा अण्डा वितरण गर्ने, अस्पतालबाट सौराहा चोकसम्म र्याली गर्ने र सौराहा चोक नजिक रहेको लायन्स फुडल्यान्डमा विशेष कार्यक्रम गर्ने कार्यक्रमका संयोजक रघुनाथ भट्टले जानकारी दिए ।   

प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि  तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा बिज्ञ तथा डाक्टरहरुबाट मानव जिवनमा अण्डाको उपयोगिता र फाइदाको बारेमा कार्यपत्र समेत प्रस्तुत हुनेछ ।  

नेपालमा हाल करिब ५० लाख अण्डा दैनिक उत्पादन भइरहेको तर खपत भने करिब ४० लाख रहेकोले अहिले अण्डाको महत्व सबैलाई बुझाएर अण्डाको खपत वृद्धि गर्नुपर्ने कुखुरा व्यवसायी संघ पूर्वीचितवनका पुर्वअध्यक्ष ज्ञान बहादुर बिसुरालले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *