दाईजो नल्याएको निहुँमा श्रीमान, जेठाजु, ससुरा मिलेर बुहारीको हत्या, चार जना पक्राउ

असोज २७, विराटनगर । माईतीले दाईजो नदिएको भन्दै एक नेपाली महिलाको भारतको जोगवनीमा हत्या भएको छ । विराटनगर ११ पञ्चमुखी चोकका मनिकचन्द सहनीको २२ वर्षीय छोरी रञ्जुदेवी सहनी (बहरदार) को जोगवनीमा हत्या भएको हो ।   

रन्जुको हत्या पछि भारतको अररिया जिल्ला स्थित परवाना नदीको मिरगन्ज पुल नजिकै शवलाई पानीमा डुबाएर राखेको अवस्थामा भेटिएको थियो  । उनको शव स्थानियवासीले खोलामा देखेपछि जोगबनी प्रहरीलाई खवर गरेका थिए । 

शवको पोष्टमार्टम पछि नेपालमा ल्याएर दाहसंस्कार गरिने मृतकका माईती पक्षले बताएका छन् । हत्यामा संग्लन चार जनालाई भारतीय प्रहरीले पक्राउ गरेका छन् ।   रन्जुका श्रीमान् भीम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदार, छिमेकी शिवानन्द मुखिया पक्राउ परेको जोगबनी प्रहरी थानाका ईन्चार्ज अफताब अहमदले जानकारी दिएका छन् । 

हत्यामा संलग्न चारजना विरुद्ध रन्जुका माईती पक्षले भारतीय प्रहरी समक्ष ज्यान मुद्दा दर्ता गराएका छन् । पक्राउ परेको ४ जना माथि थाना कार्ड नम्बर ३०३ र १९ को दफा ३०४ बि, २०१ र भारतीय दण्ड विधान ३४ अन्तर्गत मुद्दा दर्ता भईसकेको जोगबनी प्रहरी थानाले जनाएको छ । 

दाईजोले लियो रन्जुको ज्यान   

गत फागुनमा भारतको अररिया जिल्ला तकिया निवासी २५ बर्षीय भिम बहरदारसँग रन्जुदेवीको विवाह भएको थियो । विवाह भएको केहि समय पश्चात बहरदार परिवारले पटक–पटक रन्जुलाई दाईजोको विषयमा मानसिक र शारिरिक यातना दिँदै आएका थिए । दाईजोको दवावका बिच माईती पक्षले केही समय अगाडी मात्र ९० हजारको मोटरसाईकल किनिदिएको रज्जुका हजुरबुबा उमालाल सहनीले बताए । रन्जुका सासु–ससुरा र श्रीमानले २ लाख पैसा पसल गर्न भनेर माग गर्दा पैसा दिन नसक्दा छोरीको हत्या गरेको माइती पक्षको भनाई छ ।   

विगत दुई दिनदेखि हराएकी रञ्जुको बारेमा जोगवनी थानामा माईती पक्षले शनीवार उजुरी दिएका थिए । भारतीय प्रहरीले माईती पक्षको निवेदनका आधारमा परिवारका ४ जनालाई फक्राउ गरेको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *