आफ्नै देशबाट असुरक्षित सुन्दरी फिलिपिन्समा शरण माग्दै

एजेन्सी । इरानको राष्ट्रिय स्तरको प्रतियोगिताकी विजेतालाई आफ्नै देशबाट खतरा भएको छ । इरानकी सुन्दरी बहरे जार बहरीले इरान फर्किएमा आफ्नो हत्या हुनसक्ने भन्दै फिलिपिन्समै शरण मागेकी छिन् । 

उनी विरुद्ध ‘रेड कर्नर नोटिस’ जारी भएपछि दुई सातादेखि मनिला विमानस्थलको अध्यायगमनकै नियन्त्रणमा छिन् । ‘इन्टरकन्टिनेन्टल’ प्रतियोगितामा भाग लिएर फर्किने क्रममा उनलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ । 

अघिल्लो वर्ष उनले इरानमा राष्ट्रियस्तरको सुन्दरी प्रतियोगिता जितेकी थिइन् । सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएपछि उनी असुरक्षित भएकी हुन् ।   

एक साताअघि फिलिपिन्सको अध्यायगमन विभागले प्रेस विज्ञप्ती निकालेर इन्टरपोलले रेड नोटिस् जारी गरेर उनलाई पक्राउ गर्नका लागि आग्रह गरेको जनाएको थियो । विज्ञप्तीमा कुन देशले उनलाई रेड कर्नर नोटिसका लागि आग्रह गरेको हो भन्नेबारेमा नखुलाएपनि बहरेले इरान सरकारकै आदेशमा भएको रेड कर्नर नोटिस जारी भएको बताएकी छिन् ।   

उनले सन् २०१४ देखि फिलिपिन्समै रहेको जिकिर गर्दै आफु कुनैपनि आपराधिक कृयाकलापमा संलग्न नरहेको बताएकी छिन् ।  १२ दिनअघि दुबईबाट त्यहाँ ओर्लिनासाथ यात्रु कक्षबाटै उनलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको थियो । बहरेलाई इरानका निर्वासित राजकुमार रेजा पहलवीको समर्थन गरेको आरोप छ । १९७९को क्रान्तिपछि इरानी राजकुमार निर्वासनमा जानुपरेको थियो । 

एउटा प्रतियोगितामा उनले निर्वासित राजकुमार पहलवी र पूर्व राजतन्त्रको झल्को दिने चित्र भएको झन्डा प्रयोग गरेकी थिइन् । सायद यही कारण उनी संकटमा परेको बुझ्न सकिन्छ । उनले इरानमा महिला तथा बालिकाहरुको पक्षमा राम्रा अभियान चलाएकी छिन् । 

हेर्नुहोस उनका केहि तस्विरः 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *