उम्मेदवार टुङ्गो लगाउन आज काँग्रेस पदाधिकारी बैठक बस्दै, भोलि केन्द्रीय कार्यसमितिको बैठक बस्ने

कात्तिक ४, काठमाडौँ l नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन बिहीबार बिहान पदाधिकारी बैठक बस्दै छ l जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल गरी नाम टुङ्गो लगाउन पदाधिकारी तहमा छलफल गर्न लागिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।   

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र उपनिर्वाचन हुने प्रदेशमा पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका प्रतिनिधिसहितको बैठक बस्न लागेको उनले बताए । बैठकमा समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल हुनेछ । 

श्रोतका अनुसार कांग्रेसले धरानको मेयरमा तिलक राईलाई उठाउने बुझिएको छ । यसअघि उम्मेवारी घोषणा गरेका सुजेन्द्र तामाङले तिलक राईलाई छाडिदिने घोषणा गरेपछि उनी उम्मेदवार बन्ने बाटो खुलेको हो । 

null

सुनसरी जिल्ला कमिटीका तर्फबाट तिलक राईलाई मेयरको उम्मेद्वार घोषणा गरिसके पनि पार्टी केन्द्रबाट यसले औपचारिकता पाइसकेको छैन । उपमहानगर, प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारहरुको टुंगो कांग्रेसको केन्द्रीय कार्यसमितिले लगाउने छ । 

त्यसैगरी कांग्रेस पदाधिकारीको बैठकले कास्की–२ का लागि प्रतिनिधिसभाका उम्मेदवार पनि तय गर्ने बताइएको छ । त्यसैगरी भक्तपुर, बाग्लुङ र दाङका तीनवटै प्रदेशसभाका उम्मेदवार पनि आजै टुंगो लगाउने कांग्रेसको तयारी छ ।   

प्रदेशभन्दा तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्षहरुको उम्मेवारी प्रदेश र जिल्ला कमिटीबाटै टुंगो लगाइने कांग्रेसले जनाएको छ । पदाधिकारी बैठकमा सहमति भएका विषयमा निर्णय गर्न काङ्ग्रेसले यही कात्तिक भोलि दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।   

उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित सबै निकायले उम्मेदवारको नाम सिफारिस गरिसकेको मुख्य सचिव पौडेलले जानकारी दिए . यसअघि सबै जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट उम्मेदवारका नामावली सिफारिस भई प्राप्त नभएको भन्दै यी कात्तिक ७ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगन गरिएको थियो ।   

सैतीस जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *