सुकुटे बस दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या १० पुग्यो

कार्तिक १७, काठमाडौं । सिन्धुपाल्चोकको सुकुटे नजिकै बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।   

आइतबार दिउँसो दोलखाको मागा देउरालीबाट आउँदै गरेको बा२ख ७२७५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटे नजिकैबाट सुनकोशी नदीमा खसेर दुर्घटना भएको हो । १० जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।   

केही शवहरु खोलाले बगाएको छ। मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । बसमा ४० बढी सवार थिए। 

अहिले उद्धार कार्य जारी  छ। घाइतेलाई सिन्धु सहावहार अस्पताल र गम्भीर घाइतेलाई काठमाडौँ ल्याइएको छ ।   

घटनाको विस्तृृत विवरण आउन बाँकी छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *