महरा प्रकरणः थुनछेक बहस सुरु, रिहा होलान् कि थुनामा जालान् ?

कार्तिक १७, काठमाडौं । जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका निवर्तमान सभामुख महराको आज थुनछेक बहस सुरु भएको छ ।   

काठमाडौं जिल्ला अदालतमा आइतबार बिहान ११ बजेबाट उनको थुनछेक बहस सुरु भएको हो । गत शुक्रबार न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासमा उनकाे बयान लिइएकाे थियो ।   

सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा गएकाे बिहीबार मुद्दा दर्ता गरेको हाे । महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो । उक्त उपदफामा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।   

सभामुख महरालाई पछिल्लो पटक यही कात्तिक ७ गते थप अुनसन्धानका लागि सात दिनको म्याद थप गरिएकाे थियाे । अन्तिम थप म्याद बिहीबार सकिएपछि शुक्रबार बयान लिइएकाे हाे ।   

संसद् सचिवालयका महिला कर्मचारी राेशनी शाहीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौं जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । महराले भने पटक पटक शाहीको कोठामा आफू नगएको, शाहीको किटानी जाहेरीमा सत्यता नभएको र आफूलाई फसाउन षड्यन्त्र गरिएको दाबी गर्दै आएका छन् ।  

आजको बहसपछि महरा कारागारमै रहने या रिहा हुने भन्नेबारे फैसला हुनेछ ।  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *