नेपाल र अमेरिकाबाट एकैदिन ‘टुसाएको गगन’को विमोचन

कात्तिक १९, काठमाडौं ।  नेपाल र अमेरिकामा एकैसाथ एकै समय आविष्कार भारतीकृत् हाइकू–सेन्र्यु संग्रह ‘टुसाएको गगन’को लोकार्पण गरिएको छ । शब्दार्थ प्रकाशनबाट प्रकाशित यस पुस्तकमा ५२५ हाइकू एवम् सेन्र्यु रहेका छन् । यस संग्रहमा बिष्णु बहादुर सिंह, कृष्ण बजगाईं र दिनार रनादीको भूमिका छ । 

अमेरिकी डायस्पोरामा रहेर नेपाली मन हाइकूको माध्यमबाट पोखिएको यस पुस्तकलाई अमेरिकाको म्याडिसन शहरमा मदन पुरस्कार एवम् पद्मश्री पुरस्कारबाट पुरस्कृत नेपाली साहित्यकी उपन्यासकार नीलम कार्की निहारिका, कवि दिनार ’रनादी’, अप्सरा गिरी भारती, आभा भारती एवम् नेपाली अमेरिकन मैत्री संघका अध्यक्ष अबिमन पसछेंबाट बिमोचन भएको थियो ।   

यस्तै काठमाडौंमा त्यही दिन वरिष्ठ साहित्यकार ठाकुर शर्माको सभापतित्वमा लेखकका हजुरआमा चिरन भारती, वरिष्ठ कवि कणाद महर्षी, महाकाव्यकार द्वय बाजुराम पौडेल एवम् बुनू लामिछाने, कवि एवम् समीक्षक डा. लेख निरौला, हाइकुकार कवि बिष्णु बहादुर सिंह तथा वडा–७ का वडाध्यक्ष सुद्धकुमार डङ्गोलले बिमोचन गरे । 

यस पुस्तकका भूमिकाकार बिष्णु बहादुर सिंहले ‘टुसाएको गगन’ सुन्दर चेतना, प्राकृतिक बिम्ब प्रचुर प्रयोग भएको अमेरिका बसेर नेपाली हाइकूको क्षत्रमा गहकिलो योगदान भएको बताए । त्यस्तै डा. लेख निरौलाले पुस्तकको समीक्षात्मक मन्तव्य दिंदै,सुत्रात्मक, मन्त्र जस्ता भान हुने बीम्बपूर्ण रसिला हाइकू पुस्तकमा रहेको र ति हाइकूहरुले देशको माया, बिकृति, संस्कृति, समाजको यथावत चित्रण प्राकृतिक बिम्ब प्रतीकका मध्यमबाट पस्केको बताए ।   

सभापति ठाकुर शर्माले ‘टुसाएको गगन’को साश्वत पक्ष रहेको र दीर्घकालिन हाइकूहरु कवितात्मक, सुत्रात्मक, सान्दर्भिक र सुन्दरशैलीको रहेको कुरा औँल्याएका थिए ।   

अमेरिकामा बिमोचन कार्यक्रममा नेपाली अमेरिकन मैत्री संघको १५औं साहित्य साँझ अन्तर्गत बिजय मल्ल साहित्य पुरस्कारसँगै गरिएको थियो । कार्यक्रममा दर्शकदिर्घाबाट क्रमरहित भएर बिमोचनपूर्व हाइकूकारका मन परेका दस हाइकू दर्शकले वाचन गरेका थिए । कवि तथा साहित्यसेवी दिनार ‘रनादी’ले हाइकूको म्याडिसनमा बिस्तारै रस बस्दै गएको र पुस्तकमा रहेका उत्कृष्ट हाइकूको समायोजनले अझै हाइकू लेखन खारिंदै जाने प्रष्ट्याए ।   

कार्यक्रममा प्रमुख अतिथी नीलम कार्की निहारिकाले नेपाली साहित्याकाशको हिजो–आजमा प्रकाश पार्दै हाइजिन (हाइकूकार) लाई अन्य बिधामा पनि कलम चलाऊन आग्रह गरिन्  । उनले म्याडिसन साँच्चैनै नेपाली साहित्यको निमित्त उर्वर भूमी भएको जिकिर गरिन् । 

नेपालको बिमोचन कार्यक्रममा मञ्चमा आसिन वरिष्ठ साहित्यकारसँगै कात्यायन, प्रध्युम्न जोशी, खगेन्द्र खोल्सघरे, विनयकुमार शर्मा नेपाल, राम प्रसाद पन्त, प्रमोद गिरी लगायत थिए । भने, अमेरिकाको बिमोचन कार्यक्रममा कृष्ण प्रधान, राजेन्द्र अर्याल, सिता अर्याल तथा नाफाका सबै पूर्व अध्यक्षहरु कृष्ण सिजापती, श्रीधर रानाभाट, अयोध्या बाटाजू, पूर्ण श्रेष्ठ तथा सन्तोष लामिछाने लगायतको उपस्थिती थियो ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *