देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई ओली सरकारले किन हटायाे ?

कार्तिक १७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदशेका प्रमुखहरुलाई पदबाट मुक्त गरेकी छिन् ।   

मन्त्रिरिषद्को आज बसेको बैठकको सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले सातै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गरेकी हुन् ।  नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  

पदमुक्त भएका प्रदेश प्रमुखहरुलाई शेरबहादुर देउवाको सरकारले नियुक्त गरेको थियो । २०७४ साल माघ ५ गते प्रदेश प्रमुखहरुको नियुक्ति भएको थियो । 

सात वटै प्रदेश प्रमुख हटाइयाे

संविधानको धारा १६३ को ३ मा राष्ट्रपतिले पदावधि समाप्त हुनुअगावै निजलाई पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि ५ वर्षको हुने उल्लेख छ । सरकारको सिफारिस राष्ट्रपतिले स्वीकार गरेमा प्रदेश प्रमुखको पद रिक्त हुनेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *