धरानका सञ्चार गृहसँग नेकपाको उपनिर्वाचन विशेष छलफल
मकालु खबर
२०७६ कार्तिक २५ गते
कात्तिक २५, सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा हुने उपनिर्वाचनलाई लक्षित गरी धरानका सञ्चार गृहहरूसँग अन्तरक्रिया गरेको छ ।
प्रचार–प्रसार तथा प्रकाशन उपसमितिको संयोजनमा भएको छलफलमा निर्वाचन परिचालन मूल समितिका संयोजक रमेश बस्नेतले नेकपाले धरानको सञ्चारगृहको वृद्धि विकासका लागि सहकार्य गर्ने बताए ।
मिडिया सञ्चालकहरुले पार्टी र मिडिया हाउसबीच निरन्तर छलफल आवश्यक भएको बताए । प्रचार उपसमिति संयोजक भीम ज्वाला राईले धरानका मिडियाको विकासका लागि नेकपा प्रतिवद्ध रहेको बताए ।
मकालु खबर
२०७६ कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित