बालुवाटारमा नेकपा सचिवालय बैठक जारी, यी विषयमा हुँदैछ छलफल

फाइल तस्विर 

कार्तिक १८, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालय बैठक जारी छ ।   

प्रदेश प्रमुखहरुको नियुक्तिका विषयमा छलफल गर्न आज (सोमबार) नेकपा सचिवालय बैठक बसेको हो । । जारी बैठकले सातवटै प्रदेशका प्रमुखहरुको नियुक्तिबारे सरकारलाई सिफारिस गर्ने छ । 

Image result for नेकपा सचिवालय बै

आइतबार मन्त्रिपरिषद् बैठकको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीेले सातै प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी थिइन् ।   

प्राप्त जानकारी अनुसार सचिवालय बैठकमा नयाँ प्रदेश प्रमुखका लागि प्रस्तावित नामहरुबारे छलफल गरी आजै टुंगो लगाइने छ ।   

हिजो आइतबार पदमुक्त भएका प्रदेश प्रमुखहरुलाई शेरबहादुर देउवाको सरकारले नियुक्त गरेको थियो । २०७४ साल माघ ५ गते प्रदेश प्रमुखहरुको नियुक्ति भएको थियो । 

संविधानको धारा १६३ को ३ मा राष्ट्रपतिले पदावधि समाप्त हुनुअगावै निजलाई पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि ५ वर्षको हुने उल्लेख छ ।   

सरकारको सिफारिस राष्ट्रपतिले स्वीकार गरेमा प्रदेश प्रमुखको पद रिक्त हुने व्यवस्था छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *