महरा पत्नीको बयानः ‘रिसले उहाँकाे मोबाइल फुटाइदिएँ !’

कार्तिक १५, काठमाडौं । जबरजस्ती करणीको मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराले मोबाईल आफूले फुटाइदिएको बयान दिएकी छिन् ।   

सरकारी वकिलको कार्यालय मार्फत् अदालतमा दायर अभियोगपत्रमा महराकी श्रीमती सीताले मोबाइल फोन घटनाबारे समाचार सार्वजनिक भएपछि आवेगमा मोबाई फुटाइदिएको बयान दिएकी हुन् ।   

‘मिति २०७६ असोज १३ गते विभिन्न सञ्चारमाध्यमहरुमा मेरो श्रीमान् कृष्णबहादुर महराले मिति असोज १२ गते परिवर्तित नाम (वृत्त नयाँबानेश्वर–२६९३००२०६७–०७ं) लाई निज पीडितको कोठामा गई जवरजस्ती करणी गर्न खोजेको र मेरो श्रीमानको मोबाइलबाट पीडितको मोबाइलमा म्यासेज समेत पठाएको भन्ने समाचारहरु आएपछि मलाई रिस उठी सम्पूर्ण समस्याको कारण श्रीमानको मोबाइल ठानी निजले प्रयोग गर्ने मोबाइल मैँले खोसेर फाली फुटाइदिएकी थिएँ,’ सीताको बयानमा उल्लेख छ । 

Image result for महरा

सीताले उक्त फुटेको मोबाइल आफूले सुरक्षित साथ राखेको तर पछि कोठा सर्ने बेलामा हराएको पनि बताएकी छिन् ।   

महराले पजि घटनापछि आफूले प्रयोग गर्दै आएको मोबाइल फोन फुटेको बताउँदै आएका छन् ।   

संसद सचिवालयकी कर्मचारी शाहीले बलात्कार आरोप लगाएपछि गएको असोज १९ गते महरा पक्राउ परेका थिए । उनीमाथि प्रहरीले जबजरस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको थियो । उनको बयान आज सकिएको छ ।   

महराले पनि अदालतमा दिएको बयानमा शाहीको कोठामा आफू नगएको, शाहीको किटानी जाहेरीमा सत्यता नभएको र आफूलाई फसाउन षड्यन्त्र गरिएको दाबी गरेका थिए ।   

महराको थुनछेक बहस आइतबार हुँदैछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *