बीरगञ्जबाट अवैध रकम सहित हुण्डी कारेबारी पक्राउ
मकालु खबर
२०७६ कार्तिक २२ गते
कार्तिक २२, काठमाडौँ । बीरगञ्जमा शुक्रबार बिहान प्रहरीले अवैध रकम सहित ३ हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।
प्रहरीले अवैध १८ लाख नेपाली रकम सहित भारतिय नागरिक सुधीरकुमार, सहिद आलम र बिक्की कुमारलाई पक्राउ गरेको हो ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा भारतदेखी नेपाल आउँदै गरेको अवस्थामा बिहान १० बजे वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट उनीहरूलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका उनीहरुमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको छ ।
मकालु खबर
२०७६ कार्तिक २२ गते
प्रतिक्रिया
सम्बन्धित