वैद्य निकट अखिल (क्रान्तिकारी) द्वारा भारतीय दूतावास अगाडी विरोध प्रर्दशन

२०७६ कार्तिक २५ गते

कार्तिक २५, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) मा आवद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) भारतीय दूतावास अगाडी भारतविरुद्ध प्रदर्शन गरेका छन् ।
भातरले नेपालको विवादास्पद क्षेत्र कालापानी आफ्नो नक्सामा समेटेर सार्वजनिक गरेपछि त्यसैको विरोधमा अखिल क्रान्तिकारीले आज लैनचौरस्थित भारतीय दूतावास अगाडी प्रदर्शन गरेको हो ।
भारतले नेपाली अतिक्रमित भूमि तत्काल फिर्ता गर्नुपर्ने उनीहरुको माग छ । विरोध प्रदर्शनमा संलग्नहरुले प्रदर्शनकारीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध चर्का नाराबाजी समेत लगाएका थिए ।

२०७६ कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित