खसी माग्ने डिएसपीलाई कारबाही गर्न कांग्रेसको माग, छानबिनका लागि समिति गठन

कार्तिक १७, काठमाडौं । नेपाली कांग्रेसले बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीलाई कारवाही गर्न माग गरेको छ ।   

डिएसपी शाहीले तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई धम्की दिएको रेकर्ड सार्वजनिक भएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डिएसपी शाहीमाथि कारवाही अगाडी बढाउन माग गरेका हुन् ।   

प्रवक्ता शर्माले ट्वीटरमा लेखेका छन्, ‘धम्कीको रेकर्ड सार्वजनिक छ, नेपाल प्रहरीले कोहलपुर काण्डका नाइकेलाई तत्काल विभागीय अनुसन्धानको दायरामा ल्याओस् । प्रहरीको मर्यादा हामी राख्छौँ । निष्पक्ष छानबिनलाई सघाउँछौँ, तर खुलेआम गुण्डागर्दी गरेर बर्दीको हुर्मत लिने ती महोदयलाई सत्य सेवा सुरक्षणम् को तीन मन्त्र पुन पढाइयोस् !’ 

डिएसपी शाहीले तरुण दलका खड्कालाई फोनमा दिएको धम्कीको रेकर्ड शुक्रबार सार्वजनिक भएको थियो। उक्त फोन रेकर्डअनुसार दशैंअगाडि शाहीले खड्कासँग खसी मागेको र खसी नदिएपछि धम्की दिएका थिए ।   

धम्कीयुक्त फोन रेकर्ड सार्वजनिक भएलगतै शाहीमाथि छानबिन गर्न एसएसपी नरबहादुर केसीको स‌ंयोजकत्वमा १० दिनभित्र प्रतिवेदन बुझाउने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । प्रहरी आचरण उल्लंघन गरिएको आरोपमा उनी छानविनमा तानिएका हुन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *