उपनिर्वाचनका लागि नेपाली कांग्रेसद्वारा अनुगमन समिति गठन

कार्तिक २४, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आउँदो मंसिर १४ मा हुन लागेको उपनिर्वाचनका लागि ६ सदस्यीय अनुगमन समिति गठन गरेको छ ।   

उपनिर्वाचन स्वतन्त्र र निष्पक्ष वातावरणमा सम्पन्न गर्नका लागि अनुगमन समिति गठन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।   

सचिव पौडेलका अनुसार केन्द्रीय सदस्य रमेश लेखको संयोजनमा गठन गरिएको अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति, उपनिर्वाचन–२०७६ मा केन्द्रीय सदस्य सीता गुरुङ, नेपाल प्रेस यूनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता सिताराम केसी, अधिवक्ता तेज रावल सदस्य रहेका छन् भने पार्टी कार्यालयका सचिव केशव रिजाल सदस्य सचिव रहेका छन् ।   

Image result for नेपाली कांग्रेस

३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । 

अनुगमन समितिले निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिताको पालना तथा प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन लगायतका विषयमा अनुगमन गर्नेछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *