निलम्बित सांसद आलमविरुद्ध जन्मकैदको मुद्दा दर्ता

कार्तिक १८, काठमाडौं । सरकारी वकिल कार्यालयले नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमलाई जन्मकैद माग गर्दै जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेको छ ।   

१२ वर्षअघि इँटाभट्टाभित्र जिउँदै मान्छे जलाएको आरोप लागेका आलममाथि सोमबार जन्मकैदको मुद्दा दर्ता गरिएको हो ।   

आलमको मुद्दा ९५ नम्बरमा दर्ता गरिएको छ । थुनछेक बहस भने मंगलबार मात्रै हुनेछ ।   

इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो ।  रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद रहेको आलमलाई २०६४ सालको पहिलो संविधानसभा निर्वाचनको समयमा घरमा बम बनाइरहेका बेला विष्फोट हुँदा घाइते भएकाहरुलाई जिउँदै  इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा गत असोज २६ गते प्रहरीले पक्राउ गरेको थियो ।   

सांसद आलमले भने हुँदै नभएको घटनामा आफूलाई फसाउन खोजेको दाबी गर्दै आइरहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *