अदालतमा सुरु भयो महराको बयानः थुनछेक आजै, के होला आदेश ?

कार्तिक १५, काठमाडौं । जबरजस्ती करणी उद्योगको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको काठमाडौं जिल्ला अदालतमा बयान सुरु भएको छ ।   

संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीले जबरजस्ती करणीको आरोप लगाएपछि गएको असोज १९ गते पक्राउ परेका महराविरुद्ध बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले करणी उद्योगमा मुद्दा दर्ता गरेको थियो । सोही मुद्दामा महराको आज काठमाडौं जिल्ला अदालतमा बयान सुरु भएको हो ।   

महराको मुद्दा काठमाडौँ जिल्ला अदालतका मुख्य न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले हेर्नेछ । थुनछेक बसहअघि अदालतमा समेत बयान गर्नुपर्ने कानुनी व्यवस्था छ ।   

इजलासमा बयान सकिएपछि शुक्रबार नै थुनछेक बहस सुरु हुनेछ । सो बहसपछि महरालाई थुनामै राखेर अनुसन्धान गर्ने या धरौटीमा रिहा गरेर अनुसन्धान अघि बढाउने भन्नेबारे अदालतले आदेश जारी गर्नेछ ।   

मुलुकी अपराध संहिताको दफा २१९ ९३० अनुसार १८ वर्षभन्दा बढी उमेरकी महिलासँगको करणीमा न्यूनतम सातदेखि अधिकतम १० वर्षसम्म कैदको व्यवस्था छ । महराको हकमा करणी उद्योगमा मुद्दा दर्ता गरिएकाले उक्त सजायको आधामात्र मागदाबी छ । जसअनुसार कम्तीमा साढे तीन वर्षदेखि पाँच वर्षसम्म कैद दाबी गरिएको छ । 

सार्वजनिक पद धारण गरेको व्यक्ति भएका कारण त्यसमा थप डेढी सजाय पनि दाबी गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *