ट्रम्पलाई दुई मिलियन डलर तिर्न आदेश

कार्तिक २२ । सन् २०१६ को चुनावी अभियानका दैरान आफ्नो च्यारिटीबाट रकम दुरुपयोग गरेको भन्दै न्यूयोर्कका एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २ मिलियन डलर रकम तिर्न आदेश दिएकी छिन् । 

ट्रम्पको व्यक्तिगत चासोमा ‘चेकबुक’ मात्रको काम गरेको आरोप लागेपछि डोनाल्ड जे ट्रम्प फाउन्डेसन सन् २०१८ मा बन्द भएको थियो । न्यायाधीशले ट्रम्प र उनका तीन सन्तानले सञ्चालन गरेको च्यारिटी राजनीतिमा संलग्न हुन नपाउने निर्देशन पनि न्यायाधीशले दिएकी छन् । 

न्यायाधीश स्यालिनान स्कार्पुलाले सो रकम स्वयम् ट्रम्पले तिनुपर्ने आदेशमा उल्लेख गरेकी छिुन् । ‘फाउन्डेसन अस्तित्वमा भएको भए त्यहाँ जाने २ मिलियन डरल ट्रम्पलाई तिर्न आदेश दिन्छु,’ स्कार्पुलाले फैसलामा भनेकी छिन् । 

Image result for ट्रम्प

उनले सो रकम ट्रम्पसँग सम्बन्धित नरहेका आठ च्यारिटीमा जानुपर्ने बताएकी छिन् । यता, ट्रम्पका वकिलहरुले उक्त मुद्दा राजनीतिक प्रतिशोधका साथ आएको र डेमोक्राटिक पार्टीमाथि आरोप लगाएका थिए । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *