प्रधानमन्त्रीको निजी सचिवालयका सदस्यहरुले किन दिए राजीनामा ?

कार्तिक २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले सामूहिक राजीनामा दिएका छन् ।   

प्रम ओलीको सचिवालयमा कार्यरत सल्लाहकार तथा कर्मचारीको काममाथि नेकपाकै कार्यकर्ताहरु असन्तुष्ट देखिएका बेला प्रधानमन्त्रीले सचिवालयका सबैलाई राजीनामा दिन निर्देशन दिएपछि सामूहिक रुपमा राजीनामा आएको हो ।   

नयाँ ढंगले कामकारवाही अघि बढाउन चाहेको आशय व्यक्त गरेपछि प्रमका निजी सचिवालयका सबै सदस्यले शनिबार नै राजीनामा बुझाएका हुन् ।   

सचिवालयका केही व्यक्ति भने सचिवालयमै फर्कन सक्ने सम्भावना रहेको स्रोतले बताएको छ । अबको केही दिनमै नयाँ टिमका साथ प्रधानमन्त्रीको सचिवालयका कामकारवाही अघि बढ्ने स्रोतको भनाइ छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *