सिटिजन लाइफको सिटिजन शुभारम्भ जीवन बीमा योजना सार्वजनिक

कार्तिक २४, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिटिजन शुभारम्भ जीवन बीमा नामक नयाँ योजना ल्याएको छ ।  होटल क्राउन इम्पेरियल, रविभवनमा सम्पन्न एक कार्यक्रमका बिच उक्त योजना सार्वजनिक गरिएको हो ।   

सञ्चालक समितिका सदस्यहरु मनोज कार्की तथा दिप प्रकाश पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र ब्राण्ड एम्बेसेडरद्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठको उपस्थितिमा उक्त योजना ग्राहकहरुको लागि सार्वजनिक तथा शुभारम्भ गरिएको थियो ।   

बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनका लागि रु. १० हजार को न्यूनतम बीमाङ्क रकमको बीमा गर्न सकिने यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गरी बीमितहरुलाई डबल सुरक्षा प्रदान गर्ने बताइएको छ ।   

यस योजना मार्फत बीमितले साधारण मृत्युमा बीमाङ्कको डबल रकम र दुर्घटना मृत्युमा बीमाङ्कको तीन गुणा रकम प्राप्त गर्न सक्नेछन् । यसका साथै स्थायी पूर्ण अशक्तता लाभ, बीमाशुल्क छुट लाभ, मासिक आय लाभ, काजक्रिया खर्च सुविधा तथा रु ५० लाखसम्मको घातक रोग उपचार खर्च जस्ता सुविधाहरु समेत यो योजनामा उपलब्ध रहेको छ ।   

 सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नवीनतम जीवन बीमा योजनाहरु ल्याउने क्रममा यसअघि पनि पेन्सनको सुविधा सहितको बीमितको आफ्नै जीवनकालमा बीमाङ्कको डबल प्लस बोनसको व्यवस्था सहितको सिटिजन जीवन सारथी बीमा योजना र उपचार खर्च अब सिटिजन लाईफले गर्छ नारा सहितको सिटिजन क्रिटिकल केयर नामको २० वटा घातक रोग सुरक्षा बीमा योजना प्रचलन मा ल्याएको छ ।   

जस अन्तर्गत सो रोगहरु लागेको सुनिश्चित हुनासाथ रु ५० लाख सम्म कम्पनीले भुक्तानी गर्ने र सो को बिल बिजक नचाहिने कम्पनीले जनाएको छ । नेपालभर फैलिएको सिटिजन लाईफ इन्स्योरेन्सले १०० वटा कार्यालयहरु मार्फत आफ्ना ग्राहकहरुलाई जीवन बीमा सेवा प्रदान गरिरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *