भारतीय विस्तारबाद मुर्दावाद’भन्दै नेवि संघका विद्यार्थी गरे प्रदर्शन
मकालु खबर
२०७६ कार्तिक २२ गते
कार्तिक २२, काठमाडौँ । शुक्रबार बिहान नेपाल विद्यार्थी संघ (नेवि संघ) भारतीय विस्तारबाद मुर्दावाद’भन्दै प्रर्दशनमा उत्रिएका छन् ।
भारतले हालसालै सार्वजनिक गरेको आफ्नो नयाँ राजनितिक नक्सामा ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक जस्ता नेपाली भूभाग समेटेपछी यसको बिरोध गर्दै नेवि संघका विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरुले सीमा मिच्न पाइँदैन, लिपुलेक हाम्रो हो, गो ब्याक इण्डिया, जस्ता नारा लगाई पशुपति क्याम्पस चाबहिलबाट बिरोध प्रदर्शन सुरु गरेका थिए ।
प्रदर्शनमा उत्रिका विद्यार्थीले राजजधानीस्थित भारतीय दूतावास अगाडि नै भारतको उक्त नयाँ नक्सा समेत जलाएका छन् । यसरी नेपाली भूभागलाई अतिक्रमण गरी भारतले आफ्नो सिमाभित्र पारेपछी नेपालमा यसको चौतर्फी बिरोध भईरहेको छ ।
मकालु खबर
२०७६ कार्तिक २२ गते
प्रतिक्रिया
सम्बन्धित