व्यवसायी रुपज्योती र छाेरीलाई थप ५ दिन थुनामा राख्न अनुमति

कार्तिक २४, काठमाडौं । जिल्ला अदालत काठमाडौंले ठगी आरोपमा पक्राउ परेका उद्योगी रुपज्योती र उनकी छोरी सुरुचिलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।   

अदालतले आइतबार रुप ज्योती र छोरी सुरुचिमाथि अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो । 

उनीहरु दुवै जनालाई प्रहरीले हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । अदालतले यसअघि तीन दिन थुनामा राख्न म्याद दिएको थियो । 

काठमाठौं जिल्ला अदालतले २०७५ मंसिर २० मा पक्राउ गर्न अनुमति दिएको थियो । तर त्यसविरुद्ध ज्योति सर्वोच्च पुगेका थिए। त्यसको करिब १ वर्षपछि सर्वोच्चले ज्योतिको विपक्षमा फैसला सुनाएपछि उनी पक्राउ परेका हुन् ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *