विदेश पठाइदिन्छु भन्दै २४ लाख ठगी गर्ने दम्पती पक्राउ
मकालु खबर
२०७६ कार्तिक १७ गते
कार्तिक १७, काठमाडौं । लाओस पठाइदिन्छु भन्दै २४ लाख ठगी गर्ने दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ सिग्रेनी सोल्टी चोक बस्ने ५० वर्षीय विजय थिङ लामा र उनकी श्रीमती ५० वर्षीया सजना थिङ लामालाई शुक्रबार साँझ नियन्त्रणमा लिएको हो ।
रकम ठगी गरी लाओस र भारतको दिल्लीसम्म पुर्याएर अलपत्र पारी सम्पर्क विहीन भई फरार रहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।
उनीहरुले वैदेशिक रोजगारको सिलसिलामा वर्किङ भिषामा आकर्षक तलब हुन्छ भन्दै विश्वासमा पारी लाओस पठाइदिन्छु भनी २४ लाख २० हजार रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
थप अनुसन्धान तथा कारबाहीको लागि आइतबार महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको छ।
मकालु खबर
२०७६ कार्तिक १७ गते
प्रतिक्रिया
सम्बन्धित