मंगलबारको आलमको बयान सकियो, बुधबार फेरी बयान
कार्तिक १९, रौटहट । असोज २६ गते प्रहरीले पक्राउ गरिएको सांसद तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको मंगलबारको बयान सकिएको छ ।
न्यायाधीश दीपक ढकालले आलमसँग ९ वटा प्रश्न गरेका थिए भने जस मध्ये आलमको परिचय तथा कानून व्यवसायी राखे नराखेकोसम्बन्धी प्रश्नहरु मात्रै गर्दा अदालतको समय सकिएपछी बुधबार पुनः आलमको बयान सुरु हुने सरकारी वकिल कटुवालले जनाए ।
जिल्ला अदालत रौतहटमा बयानको लागि बिहान १०.३० बजे नै अदालत लगिएको आलमको बयान ३ः १५ बजे शुरु भएको थियो ।
आलमलाई १२ वर्ष अघी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनको समयमा घरमा बम बनाइरहेका बेला विष्फोट हुँदा घाइते भएकाहरुलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ गरिएको हो । मान्छेलाई जिउँदै इँटाभट्टामा हालेर जलाएको आरोपमा जन्मकैदको माग दाबी सहित उनी बिरुद्ध रौतहट जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता भएको छ ।