फाल्गुनन्द नै हुन्, जसले छोरीलाई अंश दिनुपर्छ भन्ने अभियान ल्याएका थिए

कात्तिक २५, काठमाडौँ । आज राष्ट्रिय विभूति तथा किरातधर्मका महागुरु फाल्गुनन्दको १३५ औँ जन्मजयिन्ती मनाइँदै छ । विशेषगरी समाज सुधारकको रुपमा उनलाई सम्मान गर्ने गरिन्छ ।   

आजको दिन उनलाई किँरात धर्मावलम्बीहरुले धार्मिक अनुष्ठान, पूजापाठ गरि फाल्गुनन्द जयन्ती मनाउने गर्दछन् । पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम झापालगायतका पूर्वी पहाडी जिल्लाहरुमा उनका बढी भक्तजनहरु छन् ।   

उनले विसं १९८८ वैशाखमा जारी गरेको सातबुँदे समाज सुधारको मुचुल्का आज पनि उत्तिकै सान्दर्भिक भएकाले उनलाई विशेष सम्झिने गरिन्छ । उनले छोरीलाई अंश दिनु पर्नेदेखि समाजका विक्रिति विसंगतिविरुद्ध आवाज उठाएका थिए ।   

null

किराँत समुदायमा माँसाहारी, मदिरापान र सुर्तीसेवन बन्द गराउन दिएको सन्देशका कारण उनलाई महान् समाज सुधारक मानिए हो । सत्य, दया, शान्ति र अहिंसा सिद्धान्त बोकेका फाल्गुनन्दले विश्व शान्ति र मानव एकताका लागि शिक्षामात्रै दिएनन्, छोरासरह छोरीलाई पनि अंश दिनुपर्ने, विद्यालयको स्थापना गर्नुपर्ने, हिंसारहित समाज निर्माण गर्नुपर्ने उनको अभियान थियो ।   

उनको योगदानको सम्मानमा नेपाल सरकारले २०६६ मङ्सिर १६ गते विभूतिका रुपमा घोषणा समेत गरेथियो । वि.सं. १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा जन्मिएका फाल्गुनन्दको वि.सं. २००५ चैत २२ गते पाँचथरको सिलौटीमा निधन भएको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *