१८ लाखसहित तीन जना भारतीय नागरिक पक्राउ

कात्तिक २३, पर्सा । जिल्ला प्रहरी कार्यालयले शुक्रबार सीमा क्षेत्रबाट स्रोत खुलाउन नसकेको १८ लाख नेपाली रुपैयाँसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।   

प्रहरीले वीरगञ्जको रजतजयन्ती चोक नजिकैबाट स्रोत खुलाउन नसकेकको रकमसहित भारत विहारसुगौली निवासी बिक्की कुमार, रक्सौल नागारोड निवासी सुधीरकुमार र शहीद आलमलाई पक्राउ गरेको हो । 

भारतीय नम्बर प्लेटबी आर ०५ एस ३७९२, बीआर ०५ बी १४४४ र बी आर ०६ ऐ आर ३७८९ नम्बरको मोटरसाइकलमा रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका तीनै जना भारतीय नागरिकलाई रोकी जाँच गर्दा जनही छ लाखका दरले कूल १८ लाख नेपाली बरामद् भएपछि आवश्यक अनुसन्धानका लागि तीनै जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।   

null

उनले बरामद् गरेको रुपैयाँबारे बिक्की, सुधीर र शहीदले स्रोत खुलाउन नसेकेपछि जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान अगाडि बढाइएको बताए ।   

बरामद गरिएको रुपैयाँ अवैध मुद्रा ओसारपसार (हुण्डी) कारोबारमा संलग्न रकम भएको प्रहरीले आशङ्का छ । सीमा क्षेत्रमा पछिलो समय हुण्डीको कारोबार बढ्दै गएको र बरामद भएको रुपैयाँ सोही कारोबारको हुनसक्ने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *