कमलादीमा सिटिजन्सको आफ्नै भवन, आजबाट कारोबार सुरु

कार्तिक २४, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कमलादीस्थित आफ्नै भवनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।   

नेपाली जनताको घरदैलोमा अनवरत रूपले बैंकिङ्ग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंकले शाखा विस्तारका क्रममा आज (आइतबार) देखि ८५ औं शाखा कमलादीस्थित आफ्नै भवनमा सञ्चालनमा ल्याएको हो । आजबाटै बैंकिङ्ग कारोबारको सुरुवात गरिएको छ ।   

करिव ५४४२ वर्ग फीटमा फैलिएको उक्त शाखाको उद्घाटन समारोहमा स्थानिय निकायका प्रतिनिधिहरु, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।   

करिव १३ वर्ष अघि कमलादीबाट नै यस बैंकले बैंकिंग कारोवारको शुभारम्भ गरेकोमा र १० वर्षको सफल बैंकिंग कारोवारपछि २०७३ सालमा नारायणहिटीपथमा स्थित बैंकको आफ्नै भवनबाट मुख्य कार्यालय तथा दरबारमार्ग शाखा मार्फत बैंकिंग सेवा सुबिधा प्रदान गर्दै आएको छ ।   

हाल उक्त क्षेत्रको बासिन्दा तथा व्यवसायीहरूलाई एटिएम मार्फत मात्र सेवा प्रदान गर्दै आएकोमा अब सम्पूर्ण बैंकिंग सेवा सुबिधा छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा प्रदान गर्ने हेतुले उक्त शाखा संचालनमा ल्याईएको प्रवक्ता उमंग शर्माले जानकारी दिए ।   

प्रवक्ता शर्माका अनुसार सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने छ ।   

‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *