‘सडकबाट विवाद समाधान हुँदैन,भारतसँग सबै दल एकमत भएर प्रस्तुत हुनुपर्छ’

कार्तिक २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउदले कालापानी र लिपुलेक विवादबारे नेपाल सरकारले भारतसँग कुटनीतिक रुपमा कुरा राख्नुपर्ने बताएका छन् ।   

शुक्रबार रिपोर्टर्स् क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता साउदले भारतले आफ्नो नक्सामा नेपालका भू–भाग कालापानी र लिपुलेक राखेपछि नेपालभित्र र दक्षिण एशियाका अन्य देशहरुभित्र एक किसिमको बहस सुरु भएको सुनाए ।   

उनले भने, ‘हामी नेपालीको सरोकार के हो ? भन्ने कुरा स्पष्ट हुन जरुरी छ । लिपुलेकको विवाद अहिलेको सन्दर्भ होइन । विगत लामो समयदेखि नेपाल–भारत सम्बन्धमा, द्धिपक्षीय र बहुपक्षीय रुपमा पनि यो कुनै न कुनै रुपमा जोडिँदै आएको छ ।’ 

उनले ईष्ट ईण्डिया कम्पनी र नेपालबीच सुगौली सन्धि हुँदा त्यतिबेला पूर्वमा मेची र पश्चिममा महाकाली कायम गरिएको सुनाए । उनले भने, ‘नेपाल पुर्वमा तिष्टा र पश्चिममा काँकडासम्म फैलिएको थियो । ईष्ट ईण्डिया कम्पनीसँग सम्झौता भएर मेची र काली कायम गरिएको हो । महाकाली उद्धगम अघि बढिरहेको छ । महाकाली प्राकृतिक नदी हो । यसको उद्धगम भौगोलिक दृष्टिकोणले निर्धारण गर्ने कुरा हो । मुलुकमा धेरै प्रधानमन्त्रीहरु भए । तर, कसैले आफ्नो दृष्टिकोण राखेनन् ।’   

नेपाल–भारत सिमा विवादहरु द्धिपक्षीय सचिवस्तरीय वार्ता संयन्त्रबाट टुंगो लगाउने सहमती भएतापनि त्यो टुंगोमा नपुग्नु दुःखद् भएको सुनाए । उनले भने, ‘सचिवस्तरीय संयन्त्रबाट सहमती नहुनु दुःखद् हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपतिबीचको सहमतीमा कालापानी र लिम्पियाधुरा नाका स्विकार गर्नु गलत हो । यसले नेपाललाई गम्भिर रुपमा प्रभाव परेको छ ।’   

उनले सरकारको वक्तव्य हेर्दा सरकार लाचार भैसकेको लाग्ने पनि बताए । ‘हाम्रो देशको राष्ट्रियता कहाँ छ ? देशको परराष्ट्र नीतिको हविगत के छ ? सरकार अहिले पनि जिम्मेवार छैन । खाली डिफेन्सको लागि देखाउने मात्रै हो । सरकार र हामी सबै दलहरुको दृष्टिकोण एकै हुनुपर्छ । सहयोग गर्न कांग्रेस पछि हट्दैन’, उनले भने ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *