टिचिङमा एक्सरे गरी फर्किए प्रधानमन्त्री, बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

फाइल तस्विर 

कार्तिक १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।   

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्तपालमा एक्सरे गरी प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् बैठक सुरु गरिएको ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।   

Image result for मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री ओलीले बुधबार र बिहीबार मिर्गौला डायलासिस गरेका थिए । फोक्सोमा जम्मा भएको पानीको अवस्थाबारे बुझ्न आइतबार बिहान उनले एक्सरे गरेका हुन् ।   

प्रधानमन्त्रीको स्वास्थ्यका कारण तिहारपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक आज बसेको हो । आज प्रधानमन्त्री ओलीको डाइलासिस नभएपछि मन्त्रिपरिषदको बैठक सुरु भएको हो ।   

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि नियमित औषधि खाइरहेका ओली स्वास्थ्य परीक्षणका लागि गत साउन र भदौमा गरी दुई पटक सिंगापुर समेत गएका थिए। त्यहाँको नेसनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत् रगतमा भएको  ‘एन्टीबडी’ निकालेर उनी भदौ २० मा स्वदेश फर्किएका हुन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *