पार्टी कार्यालयमा नाराबाजी गर्दै कार्यकर्ताले घेरपछि यसरी जंगिए देउवा

कार्तिक १५, काठमाडौं । केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध कार्यकर्ताले नाराबाजी गरेका छन् ।   

शुक्रबार दिउँसो देउवाविरुद्ध कार्यकर्ताले नेविसंघ लगायत भ्रातृ संगठनको विषयलाई लिएर नाराबाजी गरेका हुन् । ।   

सभापति देवाउले नेविसंघको नयाँ नेतृत्वका लागि ५० वर्ष आसपासका राजीव ढुंगानाको नाम प्रस्ताव गरेपछि त्यसको विरुद्धमा नेविसंघको एक समूहले प्रदर्शन गरेको हो । ‘विद्यान मिच्न पाइँदैन, हनुमान नेता चाहिँदैन, ३२ माथि चाहिँदैन’ लगायतको नारा लगाएका थिए ।   

३२ वर्ष मुनीको नेतृत्व नेविसंघमा ल्याउनुपर्ने उनीहरुको माग छ ।   

उपनिर्वाचनको उम्मेद्वार चयन तथा भ्रातृ संगठनको गठन लगायत एजेन्डामा शुक्रबार दिउसो १ बजे बैठक बस्ने तयारी थियो । तर कार्यालय बाहिर कार्यकर्ताको नाराबाजीका कारण बैठक बस्न सकेको छैन । कार्यकर्ताले नारावाजी गर्दै कार्यालय घेराउ गरिरहेका छन् । 

कार्यकर्ताले आफ्नो विरोध गर्दै घेराउ गरेपछि आक्रोशित हुँदै जंगिएका सभापति देउवाले औँला ठड्याउँदै विरोधीलाई हप्काएका थिए । 

३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । 

बिहीबार बुढानिकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले आज केन्द्रिय समितिको बैठक बसी कार्तिक १७ गते कास्कीको प्रतिनिधिसभा र दाङ, बागलुङ, भक्तपुरको प्रदेशसभा उम्मेदवार घोषणा गर्ने निर्णय गरेको थियो ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *