अब ‘खल्ती डिजिटल वालेट’ बाट विद्यार्थीले आवेदन दिन सक्ने
कार्तिक २०, काठमाडौँ । ‘खल्ती डिजिटल वालेट’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ले ई–बिजनेस र आईटी पढेका विद्यार्थीहरुलाई इन्टर्नशिप र रोजगारीको अवसर प्रदानगर्ने सम्बन्धि एक रणनितिक साझेदारीको घोषणा गरेका छन् ।
खल्तीका तर्फबाट प्रबन्ध निर्देशक मनीष माेदी र लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका तर्फबाट अध्यक्ष पंकज जलानले काठमाडौंमा आयोजित एक विशेष समारोह बीच सम्झौतामा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरुवात गरेका हुन् सम्झौता अनुसार लर्ड बुद्ध एजुकेशन फाउन्डेशनमा अन्तिम वर्षमा अध्ययनरत तथा कलेजबाट उत्तीर्ण विद्यार्थीहरूले खल्तीमा इन्टर्र्निशपका लागि आवेदन दिन सक्नेछन् ।
छोटो अवधिको इन्टर्नशिप पूरा गरिसकेपछि उनीहरुलाई ‘खल्ती’मा पूर्णकालिन रोजगारी प्रदान गरिनेछ । मुख्यतःखल्तीले विद्यार्थीहरुको कक्षाको पढाईमा बाधा नपुग्ने गरी इन्टर्नशिपका लागि अनुकुल समय प्रदान गर्नेछ । साथै, कलेजसँग परामर्श गरेर परीक्षा तथा महत्वपूर्ण शैक्षिक प्रोजेक्टहरुहरुको समयमा बिदाको पनि व्यवस्था गर्नेछ ।
त्यस्तै, मास्टर डिग्री पढ्न चाहने खल्तीमा कार्यरत कर्मचारीहरुलाई लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ । ‘खल्ती’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ बीचको यस प्रकारको सहकार्यले नेपालमा उद्योग र शैक्षिक संस्थाहरुबीच हुनुपर्ने पार्टनरशिपको उदाहरण स्थापितगर्ने र अन्य संस्थाहरुलाई पनि यस प्रकारको सहकार्य गर्न प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको छ ।
उक्त सम्झौताको बारेमा बोल्दै खल्तीका प्रबन्धनिर्देशक मोदीले भने, “दुबै संस्थाहरूको एक मुख्य उद्देश्य भनेको नेपालको आईटी उद्योगको विकास गर्नु हो। यस सहकार्यले दुबै संस्थालाई थप उर्जा तथा हौसला प्रदान गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँैँ । साथै, हामीले खल्ती माइन्टर्र्निशप गर्न आउनुहुने विद्यार्थीहरुलाई प्रभावकारी रुपमा सिक्ने अवसर प्रदान गर्नुका साथै कम्पनीको कार्यबलको गुणस्तर बढाउने अपेक्षा गरेका छौँ ।”
त्यस्तै, लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका अध्यक्ष जलानले भने, “खल्ती जस्तो एक प्रतिष्ठित कम्पनीसँग यस प्रकारको रणनीतिक सहकार्य पाउँदा हामी उत्साहित छौँ । लर्ड बुद्ध एजुकेशन फाउन्डेशनविगत २१ वर्ष देखी अनवरत रुपमा सूचना प्रविधिको अध्ययन अध्यापन गराउँदै आएको देशकै अग्रणी शैक्षिक संस्था हो । खल्ती सँगको यस प्रकारको सहकार्य हाम्रा विद्यार्थीहरुलाई एकदमै प्रभावकारी हुने हामीले अपेक्षा गरेका छौँ ।”
नेपालमा युवा बेरोजगारी बढ्दो समस्याका रूपमा रहेका बेला सूचना प्रविधिउद्योगले भने आफ्ना रिक्त पदपूर्तिका लागि योग्य उम्मेदवार नै नपाउने समस्या झेलिरहेको छ । यस सहकार्यले उद्योग र विद्यार्थी बीच रहेको उक्त खाडल केहि हद सम्म पुर्ने अपेक्षा गरिएको छ ।