सत्ता बाहिर हुँदा ‘भारतीय बिस्तारवाद’ सत्तामा रहँदा ‘चाकडी र आशिर्वाद’
भूमण्डलीकृत विश्वमा एक्लो टापु बनेर बाँच्न नेपाललाई पनि सम्भव छैन । देश समृद्धिको यात्रामा बामे सर्न शुरू गरेको छ । समृद्धिको प्रथम पूर्वाधार भौतिक पूर्वाधारको निर्माण नै हो । जसको लागि विदेशी पुँजीको लगानी अपरिहार्य जस्तै छ । महादेशीय आकारका दुई शक्तिशाली छिमेकीहरू नेपालमा लगानी गर्न खुट्टा उचालेर बसेकै देखिन्छ । छिमेकीहरूको लगानी हामीले ल्याउनै पर्छ । तर आफ्नो राष्ट्रहितलाई शिरमा राखेर मात्र ।
भारतीय शासकहरूको ‘ठुल्दाइ प्रवृत्ति’को कारण नेपाली जनता भारतीय शासकहरूप्रति कहिल्यै सकारात्मक बन्न सकेका छैनन् । पछिल्लो पटक दुई वर्षअघि मोदीले मधेसलाई उचालेर नेपालमाथि नाकाबन्दी गरेपछि नेपाली जनता असन्तुष्ट मात्र होइन आक्रोशित बने ।
नाकाबन्दीको पीडा नेपाली जनताले बिर्सिसकेका थिएनन् । जनता चाहन्थे, मोदीले नेपाली जनतासामु माफी मागुन् । र, आइन्दा भूपरिवेष्ठित छिमेकीमाथि नाकाबन्दी नगर्ने बाचा गरुन् । भारतले हाम्रो आन्तरिक मामिलामा अनावश्यक चासो नदेखाओस्, हस्तक्षेप नगरोस् । सन् १९५० लगायत असमान सन्धिसम्झौताहरू खारेज गरोस् ।
सत्ता बाहिर हुँदा ‘भारतीय बिस्तारवाद’ सत्तामा गएपछि उसैको ‘चाकडी र आशिर्वाद’ भन्ने आरोपबाट कोहि पनि अछुतो रहन सकेका छैनन्। पक्कै पनि झिनामसिना कामहरू धेरै भएका होलान् । तर इतिहास निर्माण झिनामसिना कामले हुँदैन । साहसिक निर्णयले मात्र हुन्छ । साहसिक निर्णय गर्ने अवसर अझै बाँकी छ । असमान सन्धिसम्झौताहरू खारेज गरी देशको हितानुकूल नयाँ सन्धिसम्झौताहरू गर्न सके साँच्चैं राष्ट्रवादी नेताको रूपमा युगौंयुग बाँच्न सक्ने थिँए।
साँच्चै भन्ने हो भने मातृ ऋण चुकाउन संभव छैन । सायद त्यसैले होला, हामी आफ्नो देशलाई पितृभूमि नभनेर मातृभूमि भन्छौं । हाम्रा लागि माता तथा मातृभूमि समान महत्वको हुनाले आफ्नी आमालाई र मातृभूमिलाई उत्तिकै सम्मान गर्छौं । तर निष्ठुर सन्तानहरूका कारण घरपरिवारमा आमा संकटमा परे जस्तै हाम्रा राजनीतिक नेतृत्व वर्गको अदुरदशिॅता र स्वार्थका कारण हाम्रो मातृभूमि पनि संकटमा पर्दै गइरहेको छ ।
यतिबेला हाम्रो आमालाई हाम्रो जरुरत परेको छ। अगिपछी घरझगडा हुनु सामान्य नै हो जब सत्रुहरुले आक्रमण गर्न थाल्छन् तब घरपरीवार र भाईहरु नमिल्नुको बिकल्प हुदैन। आउनुहोस मिलेर अगाडि बढौ।