बसको ठक्करले दुई जनाको मृत्यु भएपछि स्थानीयद्वारा राजमार्ग अवरुद्ध

कार्तिक १८, कैलाली । बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्गको पहलवानपुर सडकखण्ड अवरुद्ध पारेका छन् ।   

आइतबार भे१ख १७३२ नम्बरको बसले से३प ६३७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय रामबहादुर चौधरी र मानबहादुर चौधरीको मृत्यु भएको थियो । सोही विषयलाई लिएर स्थानीय तथा मृतकका आफन्तले दोषीलाई कारवाहीको माग गर्दै घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा सडक अवरुद्ध गरेका हुन् ।   

उनीहरुले क्षतिपुर्ति समेत माग गरेको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले जानकारी दिए ।  अहिले बस समितिका पदाधिकारी र मृतका आफन्त तथा स्थानीयबीच पहलवानपुरमा रहेको शसस्त्र प्रहरीको बेसक्याम्पमा छलफल चलिरहेको बताइएको छ ।   

आफन्तले मृतकको शव समेत उठाएका छैनन् । घटनास्थलमै मुत्यु भएका रामबहादुरको शव सडकमै छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *