फ्राइडे रिलिजमा ‘घामड शेरे’ र ‘जीवन काँडा कि फूल’को भिडन्त

कार्तिक २२, काठमाडौँ । शुक्रबारबाट देशभर एकसाथ ‘जीवन काँडा कि फूल’ र ‘घामड शेरे’ प्रर्दशनमा आएको छ ।   

यसरी दुई वा तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा ल्याउदा चलचित्र व्यवसायीले घाटा व्यर्र्होनु परेको अवस्था भएपनी कतिपय नेपाली चलचित्रहरु एकसाथ प्रदर्शनमा आईरहेको देख्न पाईन्छ । 

फरक–फरक विषय बस्तुमा तयार पारिएको यस चलचित्र मध्ये ‘घामड शेरे’लाई  हेमराज बिसीको निर्देशन गरेका हुन् भने चलचित्र ‘जीवन काँडा कि फूल’ बिनोद बिष्टले निर्देशन गरेका हुन् । 

Image result for ‘घामड शेरे’

‘घामड शेरे’ 

चित्तबुझ्दो शो नपाएपछी २ हप्ता पछि सारेर ‘जीवन काँडा कि फूल’सँग जुधाईएर  आजबाट प्रदर्शनमा आएको यस चलचित्रमा नायक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ ।   

यसका साथै चलचित्रमा सुष्मा निरौला र गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याललगायतका कलाकारको पनि भूमिका रहेको छ । 

सोसल ड्रामा जनराको ‘घामड शेरे’ मा विदेशबाट फर्किएपछि ठगिएको एक युवाको संघर्षको कथा समावेश गरिएको छ । चलचित्रले मल्टिप्लेक्समा राम्रै शो पाएको छ । 

चलचित्रलाई निर्देशक बिसीले नै निर्माण गरेका हुन् भने  नरेन्द्र मैनालीको छायाँकन गरेका हुन् । 

‘जीवन काँडा कि फूल’ 

आजैबाट प्रदर्शनमा आएको दोस्रो चलचित्र हो ‘जीवन काँडा कि फूल’ । झमक घिमिरेको पुस्तक ‘जीवन काँडा कि फूल’ मा आधारित राखेर बनाईएको यस चलचित्रमा झमकको अपाङ्गतासँगको जीवन संघर्षको कथा समावेश गरिएको छ । 

३० भन्दा बढी कलाकारको भूमिका रहेको यस चलचित्रमा झमक सानो हुँदाको भूमिका अवस्था थापा र ठूलो भएपछीको भूमिका रोजिता बुद्धचार्यले निर्वाह गरेकी छन् ।  चलचित्रमा स्वीकृति शर्मा र सारिका घिमिरे, किसन सुनार, उमा गिरी ,मेनुका प्रधानको भूमिका रहेको छ ।   

चलचित्रलाई  निर्देशक  विष्टले नै निर्माण गरेका हुन् । लामो समयदेखि प्रदर्शन मितिको पर्खाइमा बसेर आजबाट प्रदर्शन आएको यस चलचित्रले भने  मल्टिप्लेक्स हलमा निकै कम शो पाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *