महरालाई थुनामा राख्न अदालतको आदेश, डिल्लीबजार कारागार लगिँदै

कार्तिक १८, काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । 

थुनछेक बहसपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । 

यससँगै यो मुद्दाको टुंगो नलागेसम्म महरा जेलमा रहेनछन् । उनलाई डिल्लीबजार कारागार लगिनेछ । 

महरा संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीले बलात्कारको आरोप लगाएपछि गएको असोज १९ गते पक्राउ परेका थिए । महराकाे आज बहस चलिरहँदा रोशनी पनि इजलासमा पुगेकी थिइन् । तर न्यायाधीशले उनलाई बोल्ने अनुमति दिएनन् ।   

पीडित भनिएकी राेशनीले पछिल्लो समय आफ्नो बयान फेर्दै आएकी थिइन्। महराले पनि आफ्नो बयानमा पीडित महिलाको कोठमा नगएको दाबी गर्दै आइरहेका छन् । तर, महराको सुरक्षामा खटिएका सुरक्षाकर्मीले भने पीडित महिलाको कोठामा पुगेको बयान दिएका थिए । महराले पनि प्रहरी बयानमा राेशनीकाे काेठामा गएकाे स्वीकार गरेका थिए । उनले अदालतमा भने बयान फेर्दै पीडितकाे काेठामा नगएकाे दाबी गरेका हुन् ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *