धरानको मेयरका लागि नेकपाबाट फोक्वाहाङ मेन्याङ्वोसहित ३ जनाको नाम सिफारिस

कार्तिक १५, धरान । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट ३ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । उपनिर्वाचनको समय नजिकिँदै गर्दा नेकपाले सुनसरीका लागि उम्मेदवार सिफारिस गरेको हो ।   

नेकपाको धरान नगर समितिको आज (शुक्रबार) बिहान साढे ८ बजे बसेको बैठकले धरान नगरका तीन जना नेताहरुः फोक्वाहाङ मेन्याङवो (चोत्लुङ), प्रकाश राई र बेनु काफ्लेको नाम सिफारिस गरेको नेकपाका युवा नेता सम्फर तामाङले जानकारी दिए । 

नेकपा धरान नगर समिती अध्यक्ष नारायण सुबेदीको अध्यक्षतामा सम्पन्न बैठकले तीनै जना उम्मेदवारहरुको नाम सर्वसम्मतले सिफारीस गरेको बैठकपछि चोत्लुङले बताए ।   

धरानका मेयर तारा सुब्बाको निधन पश्चात् रिक्त पदका बैठकले सिफारिस गरेको सो नाम जिल्ला कमिटी हुँदै प्रदेश र केन्द्र कमिटीमा जानेछ । त्यसपछि अन्तिम निर्णय हुनेछ ।   

३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *