सानिमा बैंकको दीर्घायु बचत तथा तलब खाता सञ्चालनमा

कात्तिक १९, काठमाडौं । सानिमा बैंकले बचत कर्ताहरुका लागि स्वास्थ्य परिक्षण तथा बीमा सुरक्षण सुविधा सहितको सानिमा दीर्घायु बचत खाता तथा सानिमा दीर्घायु तलब खाता ल्याएको छ । 

यो योजना अन्तर्गत बैंकले तोकेका अस्पतालहरुबाट ग्राहकले रु. ५ हजारको बार्षिक स्वास्थ्य परिक्षण सुविधा लिन सकिने छ ।  

साथै, नेपाल र भारतमा हुने उपचारमा रु. १ लाख सम्मको औषधि उपचार बीमा सुविधा लिन सकिने छ । त्यसै गरी, यदी ग्राहकको दुर्घटना भई मृत्यु वा कुनै अंग स्थायी रुपमा असक्षम भएमा एकमुष्ठ रु. २० लाख बीमा रकम दावी गर्न सकिने बैंकले जनाएको छ । 

यस बाहेक ग्राहकलाई ६ घातक रोगहरुको रक्षावरण सहितको रु. ३ लाख रुपैया बीमा तथा रु २५०००/–को मृत्यु लाभ हुने बीमा बैंकले गरी दिने छ । बीमा सम्बन्धी थप जनकारीको लागि नजिकैको शाखा कार्यालयहरुमा वा बैंकको वेबसाईट www.sanimabank.com मा लग ईन गरी बुझ्न सकिनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *