मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित दुईजना पक्राउ

कार्तिक १९, विराटनगर । मोरङको सुन्दरहरैचााबाट मदिरा बनाउन प्रयोग हुने घरेलु कच्चा पदार्थसहित दुई जना पक्राउ परेका छन् ।   

सोमबार बेलुका गस्तीका लागि ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले को२ह ४४५५ नम्बरकोे अटोरिक्सा चेकजाँज गर्ने क्रममा अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।   

पक्राउ पर्नेमा मोरङ केरबारी गाँउपालिका–१० का २८ वर्षीय अटो चालक मनबहादुर लिम्बु र ३५ वर्षिया कमला लिम्बु रहेको मोरङ प्रहरीले जनाएको छ ।   

Image result for पक्राउ

उनीहरुको साथबाट ३५० केजी मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ अन्दाजी १० हजार मुल्य बराबरको फेला परेको प्रवक्ता प्रहरी नायब उपरिक्षक राजकुमार खिउजुले जानकारी दिए ।   

प्रवक्ता खिउँजुका अनुसार उनीहरुमाथि आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको छ ।   

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *