सुकुटे बस दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या १३ पुग्यो, ४७ जना घाइते (नामावलीसहित)

कार्तिक १७, काठमाडौं । सिन्धुपाल्चोकको सुकुटे नजिकै बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ भने ४७ जना घाइते भएका छन्।   

आइतबार दिउँसो दोलखाको मागा देउरालीबाट आउँदै गरेको बा२ख ७२७५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटे नजिकैबाट सुनकोशी नदीमा खसेर दुर्घटना भएको हो । १३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।   

घाइते हुनेहरुमा निशा तमाङ्ग, एकरानी कार्की, छत्रकुमारी थापा, अज्ञात ३५ वर्षिय महिला, सुनिल थापा, जिवन खड्का, समिर श्रेष्ठ, मिन कुमार श्रेष्ठ, संगिता श्रेष्ठ, जेनिशा श्रेष्ठ, सदिक्षा कार्की, सुरेश तमाङ, सहनशीला घिसिङ, कौशिला कार्की, प्रविन आलेमगर र बबिता श्रेष्ठ रहेका छन् ।   

दुर्घटनामा कोपिला कार्की हरिमाया थापा, सिमा कार्की, युनिसा खड्का, मनिका खड्का, कमला मोक्तान, डोल्मा तमाङ, श्रीकृष्ण कार्की, शिशिर तमाङ, सुनिता तमाङ, शसिता तमाङ,  युनिसा तमाङ, रश्मी बस्नेत, सविता थापा, निरक श्रेष्ठ, रविन मोक्तान, निकेश श्रेष्ठ र रञ्जना केसी पनि घाइते भएका छन् ।   

सरिता तमाङ, जितबहादुर खड्का, लोकबहादुर थापा, रोमन तिमल्सिना, विमला तमाङ, दिपा घिसिङ, रोमा घिसिङ, सुजन तमाङ, गोमा श्रेष्ठ र सुकमान विक पनि सुनकोशीमा बस खस्दा घाइते भएका हुन् ।   

गम्भीर घाइते दुई जनाको परिचय अझै खुल्न सकेको छैन । घाइते सबैको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।   

मृतकहरुको पहिचान खुल्न बाँकी छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *