टुंगियो युवा संघको एकीकरण, कसले कुन जिल्ला पाए ? (सूचीसहित)

कार्तिक १७, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले आफ्नो एकता टुंग्याएको छ ।   

शनिबार बसेको सङ्गठनको बैठकले जिल्लाहरूको एकीकरण गरी एकता प्रक्रियालाई टुङ्गोमा पुर्याएको हो । 

जसअन्तर्गत ७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघको भागमा ४२ जिल्ला परेको छ भने माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्लाको अध्यक्षता पाएको छ ।   

प्रदेश १ मा साविक युवा सङ्घले ८ वटा जिल्ला पाएको छ भने साविक वाईसीएलले ६ वटा जिल्लाको नेतृत्व पाएको छ । त्यसैगरी प्रदेश २ मा दुवै संगठनको भागमा ४–४ वटा जिल्ला परेको छ ।   

प्रदेश ३ मा ललितपुर, मकवानपुर, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, भक्तपुर, नुवाकोट ७ जिल्ला साविक युवा सङ्घ र काठमाडौं, चितवन, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक  र रसुवा ६ जिल्ला वाईसीएलको भागमा परेको छ । 

वरिष्ठता र सक्रियताका आधारमा जिल्लाका संयोजक तथा सहसंयोजक १ हप्ताभित्र साविकका संगठनहरुले टुंग्याउने निर्णय पनि बैठकमा भएको जानकारी दिइएको छ ।  

हेर्नुहोस् सूचीः 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *