ठगीका आरोपित राज्यमन्त्रीले दिए राजीनामा
मकालु खबर
२०७६ कार्तिक २४ गते
कार्तिक २४, काठमाडौँ । ठगी र किर्ते मुद्दामा फरार रहेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
आईतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा पत्र दिएको रावलका स्कीय सचिव रविन्द्र सुनारले जानकारी दिए ।
ठगी किर्ते मुद्धा परेपछी फरार रहेका उनलाई गत साउनमा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत कञ्चनपुरमा ठगी र किर्ते मुद्दा दर्ता गरेकाे थियो ।
जनज्योति एजुकेसन फाउण्डेसनका नामको सेयर बिक्रीमा किर्ते र ठगी गरेको आरोप रावल सहित ३६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
मकालु खबर
२०७६ कार्तिक २४ गते
प्रतिक्रिया
सम्बन्धित