मासुको विषयमा विवाद हुँदा बन्चरो प्रहार गरी श्रीमतीको हत्या
मकालु खबर
२०७६ कार्तिक २० गते
कार्तिक २०, सिरहा । बुधबार बिहान सिरहामा मासुको विषयमा श्रीमतीसँग सामन्य विवाद हुँदा एक श्रीमानले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरमा स्थानीय रामबाबु पासवानले उनको श्रीमती कवितादेवी पासवानलाई जथाभावी बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपिलराज बोहराले जानकारी दिएका छन् ।
बिहान कवितादेवीले मासु किनेर खाने भन्दै रामबाबुलाई पैसा माग्दा नदीएपछी बिवाद उत्पन्न भएकाे थियाे । घाँटीलगायत शरिरको बिभिन्न स्थानमा बन्चरो प्रहार गर्दा घटनास्थलमै श्रीमतीकाे मृत्यु भएपछी हाल रामबाबु फरार भएकाे प्रहरीले जनाएको छ ।
फरार हरेको रामबाबुको तीब्र रुपमा खोजीकार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।
मकालु खबर
२०७६ कार्तिक २० गते
प्रतिक्रिया
सम्बन्धित