चितवनमा उपनिर्वाचनका लागि कार्यालय स्थापना, निर्वाचन तालिका पनि सार्वजनिक

कार्तिक २०, चितवन । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि चितवनमा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कार्यालयको बुधवार एक औपचारिक कार्यक्रमकाबीच नागरीक समाज चितवनका संयोजक केदार मल्लले उद्घाटन गरे ।   

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, राजनितिक दलका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुको उपस्थितीमा कार्यालय उद्घाटन गरिएको थियो । सोही अवसरमा उपनिर्वाचनका लागि निर्वाचन तालिकासमेत सार्वजनिक गरिएको छ । जिल्ला अदालत परिसरमा रहेको भवनमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय राखिएको हो । 

चितवन जिल्ला अदालतका मुख्य न्यायधिस हेमन्त रावललाई उपनिर्वाचनको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ । भरतपुरको वडा नम्वर १६ र खैरहनीको वडा नम्वर ४ र ५ मा उपनिर्वाचन हुँदै छ । भरतपुर १६ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमै उम्मेदवारी दर्ता गरिने छ भने खैरहनीको वडा नम्वर ६ को कार्यालय रहेको भवनमा निर्वाचन अधिकृतको कार्यालय बुधवार नै स्थापना गरिएको छ ।   

खैरहनीको निर्वाचन अधिकृतको रुपमा विद्याराज पौडेललाई तोकिएको छ । सोही कार्यालयमा खैरहनी ४ र ५ का उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने व्यवस्था मिलाईएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले वताए । जिल्लाको तीन वडा वडामा रिक्त रहेको अध्यक्षको पदपूर्तीका लागि उपनिर्वाचन हुन लागेको हो । भरतपुर १६ का अध्यक्ष चतुरमान गुरुङको क्यान्सरका कारण गत असोज १२ गते तथा खैरहनी ४ का अध्यक्ष नरेन्द्र अधिकारी र ५ का अध्यक्ष विश्वविजय बस्नेतको २०७४ माघ ६ गते भएको सवारी दुर्घटनामा निधन भएको थियो ।   

मुख्य निर्वाचन अधिकृत रावलका नुअसार कार्तिक २७ गते मनोनयन दर्ता भएको उम्मेदवारको सूची प्रकासन गर्ने, २८ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २९ गते मनोनयन पत्र र उजुरी जाँचवुझ गर्ने र मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।   

त्यस्तै कार्तिक ३० गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकासन गर्ने, मंसिर १ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र १४ गते मतदान गर्ने कार्यतालिका रहेको रावलले वताए । मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले आचारसंहितालाई पालना गर्न र गराउन उम्मेदवार र सम्वन्धीत दलहरुलाई आग्रह गरेका छन् । आचारसंहिता उल्लघनले निर्वाचन दूषित बनाउँछ रावलले भने– त्यसका लागी दल, उम्मेदवार सचेत रहन आग्रह गर्दछु । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले निर्वाचनका लागि सवै सुरक्षा व्यवस्था तयारी अवस्थामा रहेको बताए ।   

उपनिर्वाचनलाई लक्षित गरि विषेश सुरक्षा योजना बनाएर गृहमन्त्रालय पठाएका छौ प्रजिअ वस्नेतले भने ‘स्वच्छ, निष्पक्ष, भयरहित निर्वाचन गराउन सक्षम हुनेछाँै । निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले भरतपुर १६ का लागि ३ वटा मतदान स्थल, खैरहनी ४ का लागि २ वटा र ५ का लागि १ वटा स्थल तोकिएको छ । 

उपनिर्वाचनमा कुल १३ हजार २८४ जनाले मताधिकार प्रयोग गर्ने ढकालले वताए । उपनिर्वाचनका लागि १ हजार ९२८ जना मतदाता थप भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *