बस र मोटरसाईकल ठोक्किँदा बाबु–छोरीको मृत्यु

कार्तिक १८, विराटनगर । मोरङको बुढीगंगामा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।   

बुढीगंगा गाउँपालिका १ स्थित सेन्चुरी मसला उद्योग छेउमा सोमबार बिहान सवारी दुर्घटना हुँदा बाबु र छोरीको मृत्यु भएको हो ।   

विराटनगरबाट दुहवी तर्फ जाँदै गरेको को१ख ७२३२ नं को यात्रुबाहक बसले दुहवीबाट विराटनगर तर्फ आँउदै गरेको को२७प १०२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा बुढीगंगा गाँउपालिका ५ का ५२ वर्षीया शुभलाल माझी र उनकी छोरी २६ वर्षीया अन्जली कुमारी माझीको मत्यु भएको नेमुवा ट्राफिक प्रहरी ईन्चार्ज तुलामणी आचार्यले जानकारी दिए ।   

मृतक बाबु डाक्टर हुन् भने छोरी नर्सका रुपमा कार्यरत थिइन् । अन्जली न्युरो अस्पतालमा कार्यरत स्टाफ नर्स रहेको खुल्न आएको हो ।   

उनीहरुको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।   

धनगढी निवासी ३४ वर्षीया बस चालक सन्दिप खत्रीलाई मोरङ प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *