एनआई सी एशिया बैंकको विस्तारित काउण्टर उच्च अदालत पाटनमा

     

कार्तिक २१, काठमाडौं । ललितपुरस्थित पाटन उच्च अदालतमा एनआईसी एशिया बैंक लिमिटेडको विस्तारित काउण्टर सञ्चालनमा आएको छ ।  उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले आज एक समारोहका बीच उक्त विस्तारित काउण्टरको उद्घाटन गरे ।   

उद्घाटन गर्दै उनले सुवेदीले उच्च अदालत पाटन परिसरमा बैंकको उपस्थितिले सेवाग्राहीलाई सहयोग पुग्ने तथा शुल्क भुक्तानी प्रक्रियामा थप आर्थिक पारदर्शिता कायम हुने विश्वास व्यक्त गरे । 

null

उच्च अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै सेवाग्राहीलाई अदालती शुल्क, दस्तुर बुझाउन तथा आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले बताए ।   

१८ लाख भन्दा बढी ग्राहक भएको यस बैंकले हाल मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८३ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेलाई जानकारी दिए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *