फरवार्डले शेयरधनीलाई ३२.५० प्रतिशत शेयर र १२.५० प्रतिशत लाभांश वितरणको प्रस्ताव

मंसिर १७, काठमाडौं । सुनसरीको दुहवीमा केन्द्रिय कार्यालय रहेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई बोनश शेयर र नगद लाभांश प्रस्ताव गरेको छ ।   

फरवार्डले गत आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३२.५० प्रतिशत बोनश शेयर र १२.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।     

फरवार्डको आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्ता पुँजी ३७ करोड ७६ लाख ७२ हजार रुपैयाँको कुल ४५ प्रतिशतले हुन आउने १६ करोड ९९ लाख ५२ हजार ४०० रुपैयाँ बराबर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने, सञ्चालक समितिले चुक्ता पुँजीको ३२.५० प्रतिशतले हुन आउने १२ करोड २७ लाख ४३ हजार ४०० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।   

त्यस्तै चुक्ता पुँजीको १२.५० प्रतिशतले हुन आउने चार करोड ७२ लाख ९ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गर्दै सेयरधनीहरुलाई वितरण गर्ने जनाएको छ । 

देशका ४० भन्दा बढि जिल्लामा सक्रिय रहेको फरवार्डले महिला लक्षित लघुवित्त कार्यक्रम सञ्चालन गर्ने गर्दछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *