एनआईसी एशिया बैंकले S2M को Select System EFT स्वीच प्रयोगमा ल्याउने

मंसिर २७, काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरुलाई कार्ड सिस्टममा सरल र विश्वसनीय सुविधा प्रदान गर्न S2M को Select System EFT स्वीच प्रयोगमा ल्याउने भएको छ । 

बैंकले आज S2M (Societe Maghrebine De Monétique Ltd.) मोरक्कोसँग उक्त स्वीच प्रविधि खरिदका लागि एक समारोहका बीच सम्झौता गरेको छ ।   

बैकले उच्च गुणस्तरीय आफ्नै स्वीच प्रयोगमा ल्याएसँगै कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुनुका साथै ग्राहकहरुले स्वदेश तथा विदेशबाट कार्डबाट हुने E- commerce कारोबार सहज रुपमा गर्न सक्नेछन् ।   

भने, उक्त स्वीचको कार्यान्वयनसँगै कार्डबाट हुने भुक्तानी प्रणालीमा विद्यमान विभिन्न सुरक्षा चुनौतीको समाधान हुने विश्वास बैंकले लिएको छ । बैंकले प्राविधिक तयारी गरी केही समयमा यो प्रविधि सञ्चालनमा ल्याउने बताएको छ ।   

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र S2M मोरक्कोका तर्फबाट उपाध्यक्ष मोहम्मद अमरति रिफीले हस्ताक्षर गरेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *