पञ्चाङ्ग र राशिफलः यस्तो छ आजको तपाईँको भाग्य

मंसिर २३, काठमाडौँ । वि.सं. २०७६ मंसिर २३। सोमबार। इ.स. २०१९ डिसेम्बर ९। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। द्वादशी, ९:०७ उप्रान्त त्रयोदशी। नक्षत्र– भरणी, २९:१६ बजेउप्रान्त कृत्तिका।  

योग– परिघ, १७:५४ बजेउप्रान्त शिव। करण– वालव, ९:०७ बजेदेखि कौलव, २१:४५ बजेउप्रान्त तैतिल। आनन्दादिमा चर योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ६:४४ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २५ घडी ८ पला। सोम–प्रदोष व्रत। 

राशिफल 

null

मेष 

आज शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । पराक्रम बढ्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ । 

मिथुन 

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाईनेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । 

सिंह 

अतिथिका रूपमा सम्मान पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । 

तुला 

शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । 

धनु 

मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमणीय र टाढाको यात्रा फलदायी हुँदैन । आकस्मिक धन लाभ हुनेछ । 

कुम्भ 

आज तिर्थाटनको योगछ । नयाँ कार्यको थालनी हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । 

बृष 

पारिवारिक समस्या आइपर्ला । गरेको काममा ढिलासुस्ती हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक नहोला । 

कर्कट 

मणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । 

कन्या 

आज प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । नियमित खर्चसमेत बढ्ने योग रहेकोछ । 

बृश्चिक 

परिवारजनको साथले नयाँ आशा पलाउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । 

मकर 

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । 

मीन 

लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *